Logo
६ जेष्ठ २०८१, आईतबार
(August 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत मैत्री धर्मशालाको उद्घाटन ओली र मोदीले संयूक्त रुपमा गर्ने

काठमाडौँ : गौशलाको तिलगँङ्गा स्थित भारत सरकारद्धारा निर्मित नेपाल-भारत मैत्री पशुपतिनाथ धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।

शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि पशुपतिनाथ पुग्ने भएका हुन्। भारतले २२ करोड भन्दा बढी भारतीय रुपैयाँ लगानी गरेर निर्माण गरेको उक्त धर्मशालामा तीन सय ९७ जनालाई बसाल्न सक्ने ८८ वटा कोठाहरु निर्माण गरिएको छ।

करिब पाँच रोपनी जग्गामा निर्माण गरिएको उक्त धर्मशाला निर्माण कार्य नाकाबन्दीका बेला रोकिएको थियो। तर भारतीय प्रधानमन्त्री मोदी आफ्नो तेस्रो भ्रमणमा नेपाल आएपछि उक्त धर्मशाला निर्माण कार्यले तिव्रता पाएको थियो । उद्घाटन गरेपछि मोदीले सम्बोधन समेत गर्ने कार्यक्र रहेको छ त्यसपछि उनी पशुपतिमा पुजापाठ गरेर आफ्नो विशेष बिमानबाट स्वदेश फिर्ता हुनेछन् ।

 

प्रकाशित मिति: Aug 31, 2018

प्रतिक्रिया दिनुहोस्