Logo
२० बैशाख २०८१, बिहीबार
(August 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागरको उत्कृष्ट ब्याटिङ

काठमाडौं : नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको हो । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।

कप्तान पारस खड्काले पनि ठूलो पारी खेल्न सकेनन् । ज्ञानेन्द्रसँग २५ रनको साझेदारी गरेका पारस मात्र ८ रनमा आउट भए । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्र ५ रनले अर्धशतक बनाउन चुके । ६० बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । नेपालको सुरुवात सामान्य रहृयो । लामो समयपछि टिममा फर्किएका सुवास खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल ओपनिङमा थिए । पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेकबा खकुरेल मात्र ४ रनमा आउट भए ।

दिपेन्द्र सिंह ऐरी पनि व्यक्तिगत ९ रनमै आउट भए, जतिबेला टिमको स्कोर ८०/४ थियो । तर, सागर र आरिफ शेखले उत्कृष्ट पारी खेले । दुबैले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ४५ औं ओभरको पहिलो बलमा पाँचौं विकेटका रुपमा आरिफ आउट भए । आरिफले व्यक्तिगत ३६ रन बनाए ।

प्रकाशित मिति: Aug 29, 2018

प्रतिक्रिया दिनुहोस्