Logo
६ जेष्ठ २०८१, आईतबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इद मनाउने क्रममा मुस्लिम समूदायबीच झडप, प्रहरीद्वारा हवाई फायर

महोत्तरी : महोत्तरीको लोहारपट्टी नगरपालिकाको हदगहा भन्ने स्थानमा इद मनाउन जम्मा भएका मुस्लिम समूदायबीच झडप भएको छ । प्राथना शुरु गर्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडपको स्थितिमा पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

दुई समूहबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर लगिएको जनाइएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । अहिले नमाज पढ्ने क्रम चलिरहेकाले नमाज सकिएपछि झडप हुने सक्ने भन्दै प्रहरी परिचालन ब्यापक बनाइएको छ ।

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्