Logo
२३ बैशाख २०८१, आईतबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब अर्को बैठक पर्सि : सुनुवाई समितिले आज पनि निर्णय लिन सकेन

काठमाडौं, १६ साउन : प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबार निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक दुई दिन सरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक पर्सि बस्नेछ ।

बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेको थियो ।

समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।

नभए बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक पर्सि १० बजेका लागि सारिएको स्रोतले जनाएको छ । अहिलेसम्म प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे कुनै निर्णय हुन नसकेपछि समितिका संयोजक लक्ष्मणलाल कर्णले बैठक सारेका हुन् ।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्