Logo
१८ बैशाख २०८१, मंगलबार
(August 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट खेल आज

काठमाडौं– नेपालले आज ऐतिहासिक पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेलेर अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो। 

साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो। 

कान्छो एकदिवसीय राष्ट्र नेपालले बुधबार नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो। खेल आज दिउँसो २ः४५ बजे भिआरए मैदान, आम्सटर्डममा हुनेछ।

नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन्।

कप्तान पारससँगै दशक लामो सयम नेपाली क्रिकेटका लागि योगदान दिएका तथा युवा खेलाडीहरु पनि पहिलो एकदिवसीय खेलका लागि उत्साहित देखिएका छन्।

प्रकाशित मिति: Aug 1, 2018

प्रतिक्रिया दिनुहोस्