Logo
१९ बैशाख २०८१, बुधबार
(July 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र नेदरल्याण्डबीचको मैत्रीपूर्ण खेललाई अन्तर्राष्ट्रिय टी-२० को मान्यता

काठमाडौं, १३ साउन : इङ्ग्ल्याण्ड टुरमा रहेका नेपाली खेलाडीहरुले आइतबार नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट खेल्दै छ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी-२० को मान्यता दिएको छ ।

क्रिकेटको ‘घर’ मानिने लर्ड्स मैदानमा नेपालले पहिलो खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे एमसीसीसँग खेल्ने छ । त्यसपछि दोस्रो खेल नेदरल्याण्डसँग साढे १० बजे हुने छ । त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड र एमसीसी आमने सामने हुनेछन् । नेपाली टोलीका कप्तान पारस खड्काले आजको खेल महत्वपूर्ण भएको बताउँदै जित्ने लक्ष्यसहित मैदान उत्रिने बताएका छन् ।

नेपालले दुई वर्ष अगाडि पनि लर्ड्स मैदानमै पुरानो क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल ४१ रनले विजयी भएको थियो । टी-२० को सिरिज खेल्न नेपाल एक साताअघि इङ्ग्ल्याण्ड गएको थियो । त्यहाँ नेपालले स्थानीय क्लबसँग चार वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले तीनमा जित र एकमा हार व्यहोरेको थियो ।

प्रकाशित मिति: Jul 29, 2018

प्रतिक्रिया दिनुहोस्