Logo
२ जेष्ठ २०८१, बुधबार
(July 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छात्राको अस्मितामाथि प्रश्न उठाएको भन्दै प्रसाईंलाई कारबाहीको माग

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले एक मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गरेका छन् । बंगलादेशमा अध्ययनरत नेपाली छात्राले मेडिकल शिक्षा अध्ययनको क्रममा आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यता रहेको छ, भन्दै गरेको प्रसाईंंको भिडियो सार्वजनिक भएको थियो । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा सांसदहरुले प्रसाईंलाई कारबाहीको माग गरेका हुन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा. गोबिन्द केसी बीच भएको सहमतीको जानकारी गराएपछि सांसदहरुले प्रसाईंलाई कारबाहीको माग गरेका हुन् । कांग्रेसका सचेतक पुस्पा भुषालले प्रसाईंलाई के कारबाही हुन्छ ? भन्ने सरकारसँग माग गरेका थिए ।

‘दुर्गा प्रसाईंले बंगलादेशमा रहेका छात्रामाथि आपत्तिजनक शब्द प्रयोग गरेकोले के कानुनी कारबाही हुन्छ ?,’उनले सरकारलाई प्रश्न गरे । कांग्रेसका सांसद डीला संग्रौलाले प्रसाईंले बोलेको शब्दले ५१ प्रतिशत महिलाको अस्मिता माथि प्रहार गरेको भन्दै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका हुन् ।

‘दुर्गा प्रसाईंले अपशब्द प्रयोग गरेर निर्लज्ज बनाएको छ,’उनले भने,‘ उनलाई कानुनी दायरमा ल्याइयोस् ।’ कांग्रेसका सांसद लक्ष्मी परियारले बंगलादेशमा अध्ययनरत छात्रामाथि बालेको वाक्यकै कारण राजिनामा र्दिएपछि प्रसाईंलाई छुट भएको भन्दै बिरोध जनाइन् ।

अर्का सांसद देवेन्द्रराज कडेलले प्रसाईंलाई किन कारबाही नगर्ने भन्दै सरकारसँग जवाफ मागेका छन् । मन्त्री पोखरेलले सांसदहरुले राखेका मागको स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय पछि सदनलाई जानकारी हुनेछ ।’

सांसद रामबहादुर बिष्टले कानुन मन्त्रीले रोएर राजिनामा गर्नु पर्‍यो भने प्रसाईं कारबाही गर्न सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । कांग्रेसकै सांसद प्रकाश रसाइलीले बंगलादेशमा अध्ययन गर्ने छात्रा माथि धावा बोल्ने प्रसाईं माथि कारबाही गर्न सरकारले के सोचेको छ ? भन्दै मन्त्री पोखरेल माथि प्रश्न राखेका थिए ।

प्रकाशित मिति: Jul 27, 2018

प्रतिक्रिया दिनुहोस्