Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई प्रधानमन्त्री निवासमा ब्रिफिङ

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदलाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका थिए ।

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको नेता नेम्वाङले बताए ।  बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए ।

उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत कांग्रेसले सदन अवरोध गरेकोमा असन्तुष्टि व्यक्त गरे । नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताको उपस्थिति थियो ।

काठमाडौं उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्राबधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा. केसीबीच नौ बुँदे सहमति भएको थियो । सहमतिपछि केसीले २७ दिने अनशन तोडेका थिए । तिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । रासस

प्रकाशित मिति: Jul 27, 2018

प्रतिक्रिया दिनुहोस्