Logo
६ जेष्ठ २०८१, आईतबार
(July 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज गुरु पूर्णिमा : गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं, ११ साउन : आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

प्रकाशित मिति: Jul 27, 2018

प्रतिक्रिया दिनुहोस्