Logo
२ जेष्ठ २०८१, बुधबार
(July 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडिया प्रस्थान

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बिहिबार कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया गएका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत गएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्ष समेत छन् ।

उनी त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति: Jul 26, 2018

प्रतिक्रिया दिनुहोस्