Logo
१७ बैशाख २०८१, सोमबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४६ बिन्दुले बढेर २५१.३२ बिन्दुमा पुगेको छ ।

आज कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा कमी आएको छ । आइतबार रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार बैंकिङ ८.०६, होटल शून्य, विकास बैंक १५.८८, जलविद्युत् १९.०१, वित्त १.८, निर्जीवन बीमा १३३.५१, उत्पादन १०.९१, अन्य ९.६३, माइक्रोफाइनान्स ३५.४५ र बीमा ५४.८६ बिन्दुले बढेको छ ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्