Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने : उपसभापति निधि

काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।

उपसभापति निधिले आज बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल भ्रमणमा रहुनभएका फोरम अफ फेडेरेशन्सका एसिया÷अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजसँग भएको भेटमा प्रदेशको पूर्वाधार विकासमा जोड दिए।

उनले पर्याप्त साधन स्रोतबिना प्रदेश सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गर्दै प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने विचार व्यक्त गरेका छन् ।

सो अवसरमा निर्देशक गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेसन्सले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तीकरणमा जोड दिनुपर्ने उल्लेख गरेका छन् ।

सुशासनका क्षेत्रमा कार्यरत फोरम अफ फेडेरेशन्सका अन्तर्राष्ट्रिय संस्थामा क्यानाडा, अष्टे«लिया, जर्मनी, स्वीट्जरल्याण्डलगायतका १० राष्ट्र आबद्ध छन् ।

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्