Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई हप्तादेखि गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार

दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।

मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ।उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ ।९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो । 

उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो । उनीहरुको उद्दारका लागि पटक पटक गरी एक हजार जना उद्दारकर्ता खटिएका बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्