Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ : नेता चौलागाईं

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भए अनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताएका छन् ।

अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा सोमबार आयोजित कार्यक्रममा उनले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताए । कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यका साथ स्थापित उक्त संस्थासँग आफूले सहकार्य गर्ने बताए ।

संघका अध्यक्ष दीपक राउत क्षेत्रीले विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेको बताएका छन् ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्