Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ततालमा अनशनरत गंगामायाको अनशन तोडाउने सरकारी प्रयास असफल

काठमाडौं : बिगत लामो समयदेखि बीर अस्ततालमा अनशनरत गंगामाया अधिकारीले आफ्नो छोराको हत्यामा संलग्न सबै दोषीलाई आजिवन जेल सजाय नभएसम्म अनशन नतोड्ने अडान लिएकी छन् । गंगामायाको अनशन तोडाउन भन्दै गृह र कानुन सचिव दिउँसो बीर अस्पताल पुगेका थिए ।

छोरा कृष्णप्रसादको हत्याको अभियोग लागेका छवीलाल पौडेललाई आइतबार जेल चलान गरेपछि सरकारले गंगामायाको अनशन तोडाउन सामेबार गरेको प्रयास असफल भएको हो। उनीहरुले कृष्णप्रसादको हत्याको अभियोग लागेका छवीलाल पौडेलले आत्मसमर्पण गरेको र उनलाई जेल चलान गरिसकेको औपचारिक जानकारी दिँदै गंगामायालाई अनशन तोड्न आग्रह गरेका थिए।

२०७२ साल पुस ६ गते सर्वोच्च अदालतको आदेश अनुसार सरकार पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न बाध्य भएपनि तल्लो अदालतको आदेशमा उनी छुटेका थिए। त्यसैलाई आधार मान्दै गंगामायाले सरकारले पौडेललाई जेल चलान गरेपनि यसअघि जस्तै अदालतबाट छुट्ने सक्ने भएकाले उनलाई आजिवन जेल सजायको घोषणा नभएसम्म अनशन नतोड्ने अडान सरकारी अधिकारी समक्ष राखेकी छन्।

गंगामायाको छोरा कृष्णप्रसादका हत्यामा संलग्न पौडेल सहित अन्य पाँच जनालाई पनि जेल सजाय हुनुपर्ने माग छ। न्यायका लागि सँगै लडाई सुरु गरेका पती नन्दप्रसादको २०७१ साल असोज ६ गते अनशनको तीन सय ३४ औ दिनमा ज्यान गएको थियो। त्यसपछि पटकपटक अनशन बस्ने र सरकारबाट न्याय पाउने आशा जागेपछि तोड्दै आएकी गंगामायाले पछिल्लो पटक गत जेठ १५ गतेदेखि अनशन सुुरु गरेकी थिइन।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्