Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ : प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी पहिरो, डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद बिमलकुमार श्रीवास्तवले तराईलगायत मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् । सांसद बिमाला नेपालीले प्राकृतिक प्रकोपका घटनाबाटपीडित जनतालाई राहत पु¥याउन सरकारलाई सुझाव दिए ।

सांसद भरतकुमार साहले अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका वारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद भवानीप्रसाद खापुङले तेह्रथुम–वसन्तपुर सडकखण्ड पहिरोले अवरोध हुँदा आवतजावतमा समस्या भएकाले यसको तत्काल सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

सांसद महेश बस्नेतले नेपाली सेनाभित्र सामान खरिद तथा बन्दोबस्तीका सामान र विकास निर्माणमा भएको भनिएको अनियमितताबारे सरकारले आवश्यक छानबिन गरोस् भने । सांसद महेश गहतराजले वर्षासँग आएको बाढी पहिरोमा परी मुलुकका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको सूचना प्राप्त भएकाले यसबारे सरकारबाट जानकारी आओस् भने ।

सांसद मीनबहादुर विश्वकर्माले सुनसरीका विभिन्न सडक सुधार र स्तरोन्नति गर्न माग गरेका छन् । सांसद मोहन बानियाँले वर्षाले कर्णालीका विभिन्न सडक, पुल पुलेसा र स्थानीय जनजीवनमा असर पुगेको भन्दै प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बेलैमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद यज्ञराज सुनुवारले संघीय प्रहरी ऐन बन्दै गरेको सन्दर्भमा प्रदेश नं २ ले छुट्टै प्रहरी ऐन बनाउन लागेकोमा आपत्ति जनाएका छन् ।

सांसद योगेश भट्टराईले ताप्लेजुङका अधिकांश सरकारी कार्यालय हटाउने भन्ने समाचार सञ्चार माध्यममा आएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै हालका सबै कार्यालय निर्वाध रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । सांसद रङ्गमती शाहीले मानसरोवर यात्राका अलपत्र तीर्थयात्रीको प्रभावकारी उद्धारमा सक्रियता जनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: Jul 4, 2018

प्रतिक्रिया दिनुहोस्