Logo
१३ बैशाख २०८१, बिहीबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाका कारण अवरुद्ध साँफे–मार्तडी सडकखण्ड आजदेखि सञ्चालनमा

बाजुरा : अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ  । आइतबारदेखि परेको वर्षापछि पहिरोले बाटो अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।

पिएस कम्पनीले जेसिवी प्रयोग गरी पहिरो गएको ठाउँबाट माटो पन्छाएपछि सडक सञ्चालन भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्