Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड ११ घण्टापछि खुल्यो

चितवन, १२ असार : नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ । सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपरान्ह ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

अहले सडक दुईतर्फी नै खुलेको छ । विहान साढे ५ बजेदेखि बन्द भएको हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।

सडकमा दुवै तर्फ सवारीको अधिक चाप भएको कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्