Logo
१६ बैशाख २०८१, आईतबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ सम्झौता नभएसम्म नेपालीलाई मलेसिया नपठाइने, मलेसियाले कुनै निर्णय गरेन

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ स्म्झौता नभएसम्म मलेसिया कामदार नपठाउने भएको छ । नयाँ प्रक्रियाबाट मलोसिया कामदार पठाउन प्रक्रिया पूरा नभएको र मलेसियाले पनि यस विषयमा कुनै निर्णय नगरेपछि कामदार पठाउने प्रक्रिया नै नमिलेको हो ।

मलेसिया कामदार पठाउँदा विभिन्न नाममा खडा भएका संस्थाले ठगी खाने भाँडो बनाएपछि श्रममन्त्री गोकर्ण विष्ट यस्तो निर्णयमा पुगेका हुन् । स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिन थालेपछि श्रममन्त्री विष्टले यस्तो सिन्डिकेट तोड्ने निर्णय गरेका हुन् ।

तर मन्त्रीको निर्णयले यो क्षेत्रलाई सुधार्नको साटो कामदार पठाउने प्रक्रिया नै बन्द भएपछि निर्णयबाट पछि नहट्ने मन्त्री विष्टको तयारी हो । यसअघि माइग्राम्सका नाममा मलेसिया जाने कामदार अनलाइन दर्ता गरिंदै आएको थियो । यस बापत उसले ३ हजार ३ सय उठाउने गरेको थियो । यसलाई अनावश्यक र अवैधानिक भन्दै श्रममन्त्रीले खारेज गर्ने निर्णय गरेका थिए ।

मलेसियाले लिन छाड्यो बंगलादेशी कामदार
यसैबीच, मलेसियाले बंगलादेशी कामदार नलिने निर्णय गरेको छ । म्यानपावर कम्पनीले कामदार ठगेको तथा मानव तस्करको अखडा बनाएको रिपोर्ट सार्वजनिक भएपछि बंगलादेशी कामदार नलिने मलेसियाले निर्णय गरेको हो ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले तत्कालका लागि बंगलादेशी कामदार नलिने बताएका हुन् ।मलेसिया कामदार पठाउँदा बंगलादेशी कामदार माथी ठगी र शोषण भैरहेको रिपोर्ट आएपछि छानविन पूरा नभएसम्म अर्को निर्णय नलिने बताएको हो । त्यसपछि मात्रै थप निर्णय हुने मलेसियाले जनाएको छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्