Logo
६ जेष्ठ २०८१, आईतबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगे

 काठमाडौं : अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ ।

टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका थिए ।

विश्वकपमा लागि गएको ब्राजिलियन टोली सोचीको स्वीसटोल रिसोर्टमा बस्नेछ । पाँचतार सो होटलमा एक रातको रूम चार्ज ६ सय पाउन्ड पर्छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई यसपालि उपाधिको बलियो दाबेदार हो । २०१४ मा जर्मनीसँग सेमिफाइनलमा ७-१ले पराजित भएपछि आफ्नो भूमिमा छैठौं पटक विश्वकप जित्ने सपना चकनाचूर भएको ब्राजिलले यो पटक जित्छ भन्ने धेरैलाई लाग्छ ।

विश्व विजय गर्न निस्केका जर्मनीका हिटलर र फ्रान्सका नेपोलियनका अजेय सेनाजस्तै ती देशका फुटबल टोली पनि रूसमा असफल भए त झन् ब्राजिलको सम्भावना अझै बढ्नेछ। त्यसका आधार पनि छन् । सबैभन्दा ठूलो कुरा तीन महिना चोटका कारणले मैदान बाहिर रहेका नेयमारको बोझ कम गर्न यसपालि युवा स्ट्राइकर ग्याब्रियल जिजस टोलीमा छन् ।

दुई वर्षअघि विश्वकप छनोट चरणका एक९तिहाइ खेलहरू सकिँदा ब्राजिल दक्षिण अमेरिकामा छैठौं स्थान थियो। त्यही बेला टिटे ब्राजिलका नयाँ प्रशिक्षक बने । त्यसयता ब्राजिलको खेलमा ठूलो सुधार आएको छ। टिटेले नै १९ वर्षीय जिजसलाई टोलीमा मौका दिए ।

राष्ट्रिय टोलीबाट जिजसले १६ खेलमा ९ गोल गरेका छन्। ब्राजिलका समर्थकलाई चाहिएजस्तो आक्रामक खेले पनि टिटेको टोली डिफेन्समा पनि बलियो छ ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्