Logo
६ जेष्ठ २०८१, आईतबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री कपको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

काठमाडौं, २८ जेठ : प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । सोमबार त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए । एपीएफको जितमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । अनिलले ७२ बलमा ६३ रन, प्रदीपले ९९ बलमा ६३ रन बनाए ।

ओपनिङ आएका सुवास खकुरेल १८ बलमा १४ रन बनाउँदा रिटायर्ड हर्ट भएका थिए । यस्तै पृथु बास्कोटाले २४ बलमा ३२ रन, रोहितकुमार पौडेलले २५ बलमा १५ रन र करण केसीले १० बलमा १५ रन बनाए । आर्मीका सोमपाल कामीले तीन साथै बिक्रम सोबले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २ सय ९ रन जोडेको थियो । उसका लागि भीम सार्कीले ४८ बलमा ४५ रन, सोमपाल कामीले ३३ बलमा ३६ रन, विनोद भण्डारीले २५ बलमा ३५ रन साथै राजेश पुलामी मगरले ५३ बलमा २७ रन बनाएका थिए ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्