Logo
६ जेष्ठ २०८१, आईतबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडाललाई

यस सिजनको फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस राफेल नाडालले जितेका छन् । अष्ट्रियाका डोमिनिक थिमलाई सोझो सेटमा हराउँदै नाडालले ११ औं फ्रेन्च ओपन उपाधि जितेका हुन् ।

फ्रान्सको पेरिसस्थित क्ले कोर्टमा भएको फाइनलमा विश्व नम्बर एक नाडालले डोमिनिकलाई ६–४, ६–३ र ६–२ को सेटमा हराएर १७ औं पटक ग्राण्डस्लाम उपाधि जिसफल भए ।

३२ वर्षे नाडाल सबैभन्दा धेरै ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा स्विजरल्याण्डका ३६ वर्षीय रोजर फेडेरर छन् । फेडेररले २० पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्