Logo
६ जेष्ठ २०८१, आईतबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलको विश्वकपको अन्तिम अभ्यास खेलमा प्रभावशाली जित

 काठमाडौं : ब्राजिलले विश्वकपको अन्तिम अभ्यास खेलमा प्रभावशाली जित निकालेको छ । भियनामा भएको अभ्यास खेलमा ब्राजिलले अस्ट्रियालाई ३-० ले हराएको हो ।

३६ औं मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । नेइमारले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै ६९ औं मिनेटमा कोन्टिन्होले अर्को एक गोल थप्दै ३-० को जित निकाले ।

पाँच पटकको विश्व विजेता ब्राजिललाई यस पटक पनि उपाधिको दावेदारको रुपमा हेरिएको छ । समूह ‘ई’ मा रहेको ब्राजिलले जुन १७ तारिख अर्थात असार ३ गते स्वीट्जरल्याण्डसँग पहिलो खेल खेल्ने छ । रुस विश्वकपको समूह ‘ई’मा ब्राजिल, स्वीटजरल्याण्ड, कोस्टारिका र सर्विया छन् ।

ब्राजिललाई जिताउन नेइमार, गाब्रिएल जिसस र फिलिप काउटिन्होले गोल गरेका थिए ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्