Logo
२२ बैशाख २०८१, शनिबार
(June 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको समाचार संकलनलागि ५ जनाको मात्र नाम आएपछि अन्य पत्रकारहरु विरोधमा

बिराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीको समाचार संकलनमा अवरोध भएको भन्दै बिराटनगरका सञ्चाकर्मीले प्रदेश नम्बर १ को संसद भवन बाहिर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको समाचार संकलनलागि पाचजनाको नाम मात्र आएपछि अन्य सञ्चारकर्मीले विरोध जनाएका हुन् । उनीहरुले प्रधानमन्त्रीको समाचार आफूहरुले संकलन गर्न पाउनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार प्रदेश नम्बर १ संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेश नदिएको जनाउँदै सञ्चारकर्मीले विरोध गरेका हुन् ।

 

प्रकाशित मिति: Jun 9, 2018

प्रतिक्रिया दिनुहोस्