Logo
६ जेष्ठ २०८१, आईतबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७५ तुलसीपुरमा सुरु

तुलसीपुर : तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा आज देखि प्रथम मेयर कप फुटवल प्रतियोगिता २०७५ सुरु भएको छ । श्वास्थ्यको लागि खेल कुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको नगर प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका हुन ।

उद्घाटन अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । तुलसीपुर लाई नेपालकै पहिलो खेल नगरका रुपमा घोषणा समेत उनले दाबी गरे ।स्वास्थ्यका लागि पनि खेलकुद आवस्यक रहेको भन्दै खेलप्रति रुचि जगाउनुपर्ने नगर प्रमुख पाण्डेले बताए । यँहाका हरेक खेलाडिहरु लाई चिनाउनका लागि यस्ता प्रतियोगिताले महत्व राख्नेमा उनको जोड थियो ।

खेल संयोजक अमर नेपालीको अध्यक्षतामा भएको प्रतियोगितामा नेकपाका नेता हुकुम बहादुर बस्नेत, जिल्ला फुटवल संघ दाङका अध्यक्ष शुसिल श्रेष्ठ, कार्यपालिका सदस्य जानका रेग्मीको लगायतले बोलेका थिए ।कार्यक्रमको सहजिरकण खेलकुद पत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नुभएको थियो । यसैविच, प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १५ विजयी भएको छ । वडा नम्बर ११ लाई १ – ० गोल अन्तरले वडा नम्बर १५ विजयी भएको हो । प्रतियोगितमा वडा नम्बर १५ का सुरेन्द्र चौधरीले १५ औ मिनेटमा गरेको गोल नै निर्णायब बनेको हो । १९ वडा सहभागि भएको प्रतियोगिता जेठ ३० गते सकिने छ ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्