Logo
२२ बैशाख २०८१, शनिबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्धारा प्रस्तुत २०७५-७६ को बजेटले सञ्चारको विकास गर्ने

काठमाडौँ : सञ्चार क्षेत्रको विकासका लागि अहिले विनियोजित बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरुले बताएका छन् ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ बजेटमा सञ्चार क्षेत्र’ विषयक छलफल कार्यक्रममा सञ्चार क्षेत्रमा विगतभन्दा धेरै बजेट विनियोजन भएकाले त्यसलाई कार्यान्वयन गरेर सञ्चारको विकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले यसपटक बजेटमार्फत सञ्चार क्षेत्रका लागि ल्याइएको कार्यक्रम राम्रो भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

‘‘पत्रकार दुर्घटना बीमा, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागलाई पत्रकारिताको अनुसन्धान बनाउने कुरा राम्रो छ’’ उहाँले भन्नुभयो–‘‘यी कुरालाई कार्यान्वयन गर्न सके सञ्चार क्षेत्रको विकासमा फड्को मारिने छ ।’’

पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पाण्डेले श्रम कानून पत्रकारिताको क्षेत्रमा कार्यान्वयन गर्न समस्या परेको भन्दै सरकारले कडाइका साथ लागू गरे पत्रकारको व्यावसायिक सुरक्षा हुने बताउनुभयो ।

उहाँले पत्रकारले राष्ट्रिय गौरवको ठूला आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा खोजी पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले पत्रकारिताको विकास गर्नका लागि यसपटक सञ्चार क्षेत्रमा अधिक बजेट विनियोजन गरिएको बताउनुभयो ।

विनियोजित बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गर्दै उहाँले विकासका प्राथमिकताअनुसार नै बजेट आएको जानकारी गराउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले राजनीतिक व्यक्तिले बजेट नबनाएको हुनाले श्रमजीविको पक्षमा नरहेको बताउनुभयो । सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले सञ्चार क्षेत्रको बजेट बढाउनुपर्ने बताउनुभयो । (रासस)

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्