Logo
२३ बैशाख २०८१, आईतबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिपी राजमार्गमा ठूला गाडी गुडाउन पूर्णरुपमा रोक

सिन्धुली : बिपी राजमार्गमा ठूला गाडी गुडाउन विहिबारदेखि पूर्णरुपमा रोक लगाइएको छ ।

बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि आजदेखि ठूला सवारी साधन प्रवेशमा रोक लगाइएको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । “अहिले सडकको बीचमा परेका र गन्तव्यमा पुग्न नसकेका ठूला सवारी साधनलाई गन्तव्यमा पुग्न दिइने छ, अन्य इजाजतविनाका कुनै पनि सवारीसाधन सञ्चालन गर्न दिइने छैन”, उहाँले भन्नुभयो ।

यसअघि यातायात व्यवस्था विभागले राजमार्गमा चक्काका आधार चार हजार दुई सय एमएम भएको र ३२ सिट क्षमताको सवारी साधनलाई बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो । राजमार्गमा सडकको गुणस्तर उपयुक्त भए पनि सडकको चौडाइका आधारमा ठूला सवारी साधन सञ्चालन गर्नु जोखिमपूर्ण भएको भनी तीव्र असन्तुष्टि भइरहेका बेला अदालतको निर्णय स्वागतयोग्य रहेको सिन्धुली गोलञ्जोरका विवश थापाले बताउनुभयो ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्