Logo
२४ बैशाख २०८१, सोमबार
(June 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागुऔषधका प्रयोगकर्ता वार्षिक ११ प्रतिशतले बढ्दै

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोवार आधा घटाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको  बैठकमा गृहमन्त्री थापाले समयसीमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए। उनले भने, “अहिले लागुऔषधका प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढिरहेको रिपोर्ट आएको छ, हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।”

उनले यो सरकार पाँच वर्ष चल्ने भएकाले सो अवधिभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्णरुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिँदै चिकित्सकको सिफारिशविना मनोद्दीपक औषधि बेच्ने स्वास्थ्यसंस्था र औषधि पसललाई इजाजतपत्र रद्द गर्नेसम्मको कानून व्यवस्था गर्नुपर्ने बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सातै प्रदेशमा टोली बनाएर एकै पटक लागुपदार्थसेवीविरुद्ध कारवाही शुरु गरिनुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले औषधि पसलको अनुगमनका लागि जनशक्ति अभाव छ भन्दै अब अनुगमनलाई तीव्रता दिइने बताए ।

प्रकाशित मिति: Jun 7, 2018

प्रतिक्रिया दिनुहोस्