Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदहरुले योजना लिएर धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौं,  २३ जेठ : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले आ-आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । योजना पार्ने र बजेट निकासा गराउने काममा दौडधूप गर्नुपर्दा संघीय संसदको बैठकमा सांसदहरुको उपस्थिति प्रभावित भएको भन्दै उनले त्यस किसिमको पद्धतिको अन्त्य हुनुपर्ने बताए ।

संघीय संसद सचिवालयले बुधबार सांसदहरुका लागि सञ्चालन गरेको संसदीय प्रक्रिया सम्बन्धी जानकारीमुलक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सांसदहरुले योजनाको फाईल बोकेर टेबल चाहार्नुपर्ने स्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले आवश्यकता र प्राथमिकताका आधारमा न्ययोजित ढंगले योजना र बजेट छुट्याउन सरकारको ध्यानाकर्षण पनि गराए । उनले भने, “सिंगो सरकारको ध्यान यतातिर आकर्षित गराउन चाहन्छु । भोलिका दिनहरुमा माननिय ज्यूहरुले फाईल लिएर भ¥याङ्ग र कोठा कोठा चढ्ने कुराको अन्त्य भयो भन्ने कुरा दियो भने शुसासनको एउटा नमुना हुनेछ । ”

उनले संसदलाई आवश्यक बिजनेश दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । संविधानमा नै ३ बर्ष भित्र गरिसक्नुपर्ने भनेका विषय जसरी पनि निर्धारित अवधिमा सम्पन्न गर्नुपर्ने भएकाले आवश्यक विधेयकलाई ढिला नगरि संसदमा टेबल गर्नुपर्नेमा उनले जोड दिए ।

संघीय संविधान अनुसारको आवश्यक कानुन अभावका कारण काम गर्न पाएनौं भन्ने प्रदेश र स्थानीय सरकारको गुनासो सुन्न नपर्ने गरि विधेयक बनाउन उनले केन्द्र सरकारको ध्यानाकर्षण गराए ।

उनले सांसदहरुका लागि सञ्चलित जानकारीमुलक कार्यक्रम सरकारको बार्षिक बजेट र कार्यक्रम अन्र्तगत नै भएको भन्दै त्यसबारे विभिन्न दात्तृ निकायसंग जोडेर टिप्पणी नगर्न सबैलाई सचेत गराए ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्