Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलालहरुका मनपरिले देशभरका जग्गा-जमिन ध्वस्त : कृषिमन्त्री बलदेब

बुटबल, २३ जेठ : केन्द्रिय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति दलालको हातमा रहको बताएका छन् । देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबी गरे ।

बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे ।

भुमिसम्बन्धि नीति, ऐन भूउपयोग नीति लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनले बताए ।

अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागि पहल गर्ने बताए ।‘मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ’ उनले सुनाए ।

कृषिको लागि हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे ।

नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउँदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबी गरे । खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए ।

नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने बताए । कृषिमा पनि रहेको सिण्डिकेट हटाउने उनले दाबि गरे ।

कृषिको लागी आवश्यक मल, किटनासक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए । उनले भने -‘मालपोत, नापी, वकिल देखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ ।’

जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यहि दरमा जग्गाको कारोबार गरेमा अबको १० भित्र सबै बस्तुहरु किनेर खानुपर्ने अवस्था आउन सक्ने समेत बताए ।

यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा समस्याले ठुलो रुप लिएको बताए ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्