Logo
६ जेष्ठ २०८१, आईतबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्जेन्टिनाद्धारा इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द

विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ । विश्वकपको अभ्यास अन्तर्गत इजरायलसँग अर्जेन्टिनाको मैत्रीपूर्ण खेल आउँदो शनिबारका लागि तय भएको थियो तर गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको बताइएको छ ।

विश्व खेलकुद समाचार एजेन्सीहरुका अनुसार गाजामा रहेका प्यालेस्टाइनीमाथि गरिरहेको व्यवहारका कारण इजारायमाथि राजनीतिक दबाब छ । त्यस क्षेत्रमा हिंसा भड्किरहेको छ । अर्जेन्टिनाका स्ट्राइकर गान्जालो हेगुइनले इएसपिएस च्यानलसँग मंगलबार खेल रद्द भएको बताएका छन् ।

उनले अन्तर्वार्ताको क्रममा खेल रद्द हुनु राम्रो रहेको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको बताएका छन् । तर अहिलेसम्म इजरायली फुटबल एसोसिएसनले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउसिसिओ माकरीलाई खेल रद्द नगर्न आग्रह गर्दै टेलिफोन गरेको पनि खबर छ । अर्जेन्टिना र इजरायलबिच शनिबार जेरुसेलममा अभ्यास खेल हुने तय थियो । गाजामा भड्किएको पछिल्लो हिंसामा इजरायली सेनाले कम्तिमा १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्