Logo
५ जेष्ठ २०८१, शनिबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराजित यात्रालाई कायम राख्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाडौं, २२ जेठ : आफ्नो अपराजित यात्रालाई कायम राख्दै विभागीय टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ओपनर अनिल मण्डल तथा कप्तान विनोद भण्डारीको अर्धशतकीय सहयोगमा २२८ रन बनायो ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले अर्को उपाधि दावेदार एपीएफलाई ७० रनले हरायो ।  आर्मीका लागि मण्डलले ९९ बल खेलेर ७ चौकाको सहयोगमा ७२ रनको पारी खेले । मण्डलले पहिलो विकेटका लागि सागर पुनसँग मिलेर ७७ तथा दोस्रो विकेटका लागि नरेश बुढाएरसँग मिलेर ८२ रनको साझेदारी गरेका थिए । सागरले ४६ तथा नरेशले ३७ रन बनाए ।

बलिङतर्फ एपीएफका भुवन कार्कीले ३ विकेट लिए भने करण केसी, कमलसिंह ऐरी, बसन्त रेग्मी र पृथु बास्कोटाले १–१ विकेट लिए । २२९ रनको लक्ष्य पछ्याएको एपीएफ ३२.५ ओभरमा १५८ रनमै समेटिएपछि आर्मीको ७० रनको जित निश्चित भयो ।

एपीएफका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा ठूलो साझेदारी गर्न पाएनन् । रोहितकुमार पौडेलले बनाएको २८ रन एपीएफका ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । उनका अलावा अनिल साहले २५, सुवास खकुरेलले २२, भुवन कार्कीले २६ र अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्