Logo
३० बैशाख २०८१, आईतबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्र सरकारले बाटो नखोलिदिदा प्रदेश सरकार जेरी जेलिए जस्तै अवस्थामा : मुख्यमन्त्री पौडेल

हेटौंडा, २० जेठ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अहिले जेरी जेलिएजस्तो जेलिएको बताएका छन् । आइतबार हेटौंडामा भएको सात प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुको भेलाको उद्घाटन गर्दै उनले प्रदेश सरकारले बनाउनुपर्ने ९९ कानुन बनाउन संघीय सरकारले सहयोग नगरेको बताएका हुन् ।

‘बाहिरबाट कानुन बनाएर ल्याउन सक्दैनौं, संघीय सरकारले बाटो नखोलिदिदा समस्यामा रहेको भन्दै जेरी जेलिएजस्तै अवस्थामा छ उनले भने । मुख्यमन्त्री पौडेलले कानुनी अलमलका कारण ९९ वटा कानुनमध्ये प्रदेश ३ ले १२ वटा कानुन निर्माण गरेर जेनतेन सरकार सञ्चालनको बाटो बनाएको जानकारी दिए ।

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान, ५ का कुलप्रैैसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र ७ का प्रकाश शाह सहभागी भएका छन् ।

सात प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको बैठकले संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संघीयताको मर्म विपरीत भएको ठहर गरेको छ । सरकारले ल्याएको बजेटमा स्थानीय तह र केन्द्रीय तहको अधिकार तोकिएको तर प्रद्येश सरकारको काम र अधिकार नतोकिएकाले संघीयताको मर्म विपरीत भएको ठहर गरेको हो । उनीहरुले पुनरावलोकनका लागि केन्द्र सरकारलाई आग्रह गर्ने पनि सहमति गरेका छन् ।

बैठकले सातै प्रदेशमा प्रदेश प्रहरी, अनुसन्धान व्युरोको गठनको प्रक्रिया अघि बढाउने र प्रदेश सरकारका मन्त्री र सांसदको मर्यादाक्रम सच्याउनका लागि संघीय सरकारलाई आग्रह गर्ने सहमति गरेको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताए ।

बैठकले सातै प्रदेशबीच समन्वय गर्दै संघीय शासन व्यवस्थालाई संस्थागत गर्न भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । कानुन निर्माण र सुरक्षा निकायको परिचालन र समन्वयको विषयमा एक रुपतामा जाने भएका छन् । संविधानले व्यवस्था गरेको तीन तहको सरकारबीच समन्वय, सहकार्य र सहअस्थित्वको बारेमा पनि छलफल भएको बताइएको छ ।

 

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्