Logo
२९ बैशाख २०८१, शनिबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो सरकार कमिलाको प्वाख पलाएजस्तो भएको निधिको टिप्पणी

काठमाडौं, २० जेठ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा कम्युनिस्ट सरकार कमिलाको प्वाख पलाएजस्तो भएको टिप्पणी गरेका छन् ।

वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटन गर्दै निधिले विचारधाराको परिवर्तनसँगै कम्युनिस्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको बताए ।

कम्युनिस्ट विचारधारा पतनको दिशातिर उन्मुख हुुँदै गएको भन्दै कांग्रेस उपसभापति निधिले भने, जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउँँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।”

सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउँ बाकी नरहेको उहाको भनाइ थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै उनले भने,’सरकारले संघीयता, समावेशीताबिरुद्ध सिण्डिकेट खडा गरेको छ ।’

रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिस्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको निधिले बताए ।

‘बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ, उनले भने, ‘अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।’ सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाएन भनेर सोध्नुपर्नेमा चाकडी मात्र गरेको उनको टिप्पणी छ ।

आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकवादतर्फ उन्मुुख भएको उपसभापति निधिको भनाइ थियो ।

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्