Logo
२९ बैशाख २०८१, शनिबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ : नेता लेखक

बाजुरा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गरेका छन् ।

सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाइ थियो । काँग्रेसको नेतृत्वमा नै मुलुकले एतिहासिक सफलता प्राप्त गरेको उनले बताए । नेपाली काँग्रेसले एक दशकमा प्राप्त गरेका उपलब्धिको ठीक ढंगले कार्यान्वयन भए नभएको बारेमा पार्टीले खबरदारी गर्ने लेखकले प्रष्ट पारेका छन् ।

‘काँग्रेसले सरकारले गरेका काम कारबाही र संविधान कार्यान्वयन तथा राष्ट्रको हक हितमा सहयोग गर्नेछ,’ उनले भने, ‘काँग्रेसले प्रभावकारी रुपमा बलियोे प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।'(रासस)

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्