Logo
५ श्रावण २०८१, शनिबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा पदबहाली

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आईतबार पदबहाली गरेका छन् । उनी मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गरेका थिए । यसअघि उनले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गरेका थिए । नवनियुक्त उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
(रासस)

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्