Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिले सत्तामा जाने परिस्थिति छैन, फोरमले संघर्षको मैदान छाड्यो : राजपा

काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरमलाई संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए ।नयाँ जनादेशपछि राजपा पनि सरकारमा जान इच्छुक थियो ।

उसले सरकारलाई समर्थन समेत दिएको छ । राजपाले संविधान संशोधन गर्ने प्रतिबद्धता र आफ्नै पार्टीबाट चुनाव जितेका रेशम चौधरीको रिहाईको माग अघि सारेको थियो ।

फोरम सत्तामा गए पनि उसँगको सम्बन्ध चिसिएर २ नम्बरबाट अलग्गै हुनुपर्ने परिस्थिति भने नबन्ने यादवले बताए । ‘उपेन्द्रजीले नै गठबन्धन तोड्नु भयो भने अलग कुरा हो । व्यक्तिसँग हाम्रो कुनै आग्रह-पूर्वाग्रह छैन । हाम्रो लडाइँ मुद्दासँग हो’ उनले भने ।

आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीको प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएको थियो । तर, चौधरीको मुद्दा तत्काल फिर्ता लिन प्रधानमन्त्री सकारात्मक नभएपछि राजपा पछि हटेको हो ।

‘प्रधानमन्त्रीले हामीलाई पनि सत्तामा आउनु आग्रह गर्नु भएकै हो । हामीले टाउकोमा भारी छ । भारी बिसाउन सरकार तयार भए एउटा परिस्थिति बन्छ भनेका हौं’ उनले भने, ‘होइन भने स्थिति निर्माण हुन्न ।’ अहिले सत्तामा जाने परिस्थिति नभएको उनले बताए ।

 

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्