Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिआर-ग्रिण कार्ड प्रतिबन्धपछि पण्डितको नयाँ घोषणा : ‘अब पार्टीगत ट्रेड युनियनमा प्रतिबन्ध’

काठमाडौं, ९ जेठ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आधिकारिक बाहेक पार्टीगत ट्रेड युनियनहरुलाई प्रतिबन्ध लगाउने गरि आफूले तयारी थालेको स्पष्ट पारेका छन् ।

बुधबार संचारकर्मीहरुसंगको कुराकानीमा मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘अब सरकारले कर्मचारीहरुलाई राजनीति गर्न निषेध गर्छ, अब कुनैपनि पार्टीगत ट्रेड युनियनहरु चल्न दिँदैनौं, सबैलाई प्रतिबन्ध लगाउँछौं, हामीले गृहकार्य थालिसकेका छौं।’

उनका अनुसार निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनबाहेक अब सबै पार्टीगत युनियन चलाउन नपाउनेगरि केही दिनभित्रै कडा कदम चाल्ने तयारीमा सरकार रहेको छ । मन्त्री पण्डितले यसको लागि आफूले विद्येयकमै स्पष्ट प्रतिबन्धको व्यवस्था गर्ने पनि जानकारी दिए ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्