Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई भारत स्थित मेदान्त अस्पताल लगियो

काठमाडौं, ९ जेठ : नेपालमा संभव नभएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोग पहिचानका लागि आज (बुधबार) भारत लगिएको छ ।

उनको शरीरको कुन भागबाट आन्तरिक रक्तश्राप भइरहेको छ भन्‍ने पहिचान गर्न उनलाई भारत स्थित मेदान्त अस्पतालमा लगिएको हो।

निन्द्रा नलाग्ने, कमजोरी महशुस हुने जस्ता समस्या झेलिरहेका राष्ट्रकवि घिमिरेलाई १३ दिन उपचार गराइरहेको धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालबाट चिकित्सकको टोली र आफन्त सहित दिल्ली लगिएको हो ।

राष्ट्रकवि घिमिरेका साथमा नर्भिक ईन्टरनेश्नल अस्पतालका डा. शिवजी विक्रम सिलवालसहित परिवारका सदस्य दिल्ली प्रस्थान गरेका हुन।

मेदान्ता हरियणाको गुड्गाँऊमा रहेको दक्षिण एसियाको बहुचर्चित अस्पताल हो । नेपाल स्थित बिभिन्न रोगीहरु यहाँ संभव नभएपछि त्यही जाने गरेका छन् ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्