Logo
१८ बैशाख २०८१, मंगलबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन, सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरि ल्याएको होइन।’

यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि महानिर्देशक भट्टराईले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै मन्त्री महासेठले प्रशंसा समेत गर्न भ्याए। सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए।

‘सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेको छ। ‘अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, यही प्रयोजनका लागि उहाँलाई मन्त्रालय बोलाइएको हो’, उनले भने।

आफू मन्त्री भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको र विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको स्पष्ट पार्दै मन्त्री महासेठले मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाईएको र यो सरुवा नभएको दाबी गरे।

नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको बताउँदै मन्त्री महासेठले लाइसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरु यही आर्थिक मसान्तभित्रै व्यवस्थित गरिने प्रतिबद्धता जनाए। आफूहरुले अहिलेसम्म कोही पनि कर्मचारीहरुलाई नचलाएको दाबी गर्दै मन्त्री महासेठले भने, ‘हामीले कर्मचारीलाई भेदभाव गरेका छैनौं, उनीहरुको कार्य क्षमतालाई हेरेका छौं।’

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्