Logo
६ जेष्ठ २०८१, आईतबार
(May 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्यूठानमा भएको बस दुर्घटनाका मृतक पाँचै जनाको भयो सनाखत

प्यूठान : प्यूठान बस दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले दिएको जानकारी अनुसार कञ्चनपुर जिल्ला महेन्द्रनगरका २६ वर्षिय बस चालक बिरु चौधरी, कञ्चरपुरकै कृष्णपुर गाउँपाकिला–२ की २४ वर्षीया सरीता चन्द, प्यूठान जिल्ला गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षिया हिरा टमाटा, सोही गाउँपालिका–३ रजबाराका २२ बर्षीय हरी मल्ल, प्यूठान नगरपालिका २ की २६ बर्षीया सरिता शर्माको मृत्यु भएको छ ।

घटनास्थलबाट सबै शव प्यूठान अस्पताल बिजुवारमा ल्याइएको छ । आफन्तको जाहेरी दरखास्तपछि पोष्ट मार्टम गरेर शव आफन्तलाई जिम्मा लगाइने बताइएको छ ।महेन्द्रनगरबाट प्यूठान खलंगातर्फ आउँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्वरको बस बडडाढा नजिक विहान दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएका ५ जनाको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: May 13, 2018

प्रतिक्रिया दिनुहोस्