Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको सुरक्षा र स्वागतमा कुनै कमी हुन नदिन रक्षामन्ज्त्री पोखरेलको निर्देशन

काठमाडौं : रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीबारे आइतबार यहाँका सरोकारवाला निकायसँग छलफल गरेका छन् । रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा दिइने सुरक्षा प्रबन्धबारे छलफल गरेका हुन् ।

त्यसक्रममा मन्त्री पोखरेलले मुस्ताङको जोमसोममा रहेको सैनिक उच्च शिखर शिक्षालयको निरीक्षण पनि गरे । नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेलले शिक्षालयको अवलोकनपछि एमालेका कार्यकर्ताहरुसँग भेटघाट पनि गरेका थिए ।

त्यसक्रममा उनले कोरला नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए । सरकारले चीनसँगको कोरला नाकालाई उच्च प्राथमिकता दिएको भन्दै मन्त्री पोखरेलले सडक विस्तारपछि मुस्ताङ दुर्गम नहुने बताए । मन्त्री पोखरेल आइतबारै लमजुङको घलेगाउँ जाने कार्यक्रम पनि रहेको जनाइएको छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्