Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उडुसले टोकेपछि १६ करोड क्षतिपूर्ति

न्युयोर्क: अमेरिकी राज्य क्यालिफोर्नियको एक परिवारलाई उनीहरूको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै नेपाली १६ करोड रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।

द न्यूयोर्क टाइम्सले सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका धेरै क्षतिपूर्ति एउटै परिवारलाई दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको जनाएको छ । घटना २०१२ को हो । ३४ वर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउड भन्ने स्थानको एक अपार्टमेन्टमा बस्न पुगेका थिए । तिनीहरूको ३ वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरिरका विभिन्न भागमा रातो दाग देखा पर्यो । अस्पतालमा जचाउन जाँदा त्यो उडुसले टोकेर भएको बताए ।

‘जव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइन’, लिलना मर्टिनेज्ले भनेकी छन् । उनीहरूले तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको बताएकी छिन् ।

उनीहरूले बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको बताइएको छ । यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्