Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरन्तर ओरालो लाग्दै शेयर बजार आठ अंकले घट्यो

काठमाडौँ : गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१ अंकले घटेर २८४.९६ बिन्दुमा पुगेको छ ।
कूल १६१ कम्पनीको नौ लाख ६६ हजार ८२९ कित्ता शेयर रु ४० करोड ३५ लाख ४८ हजार ६८ मूल्यमा कारोबार भएको हो ।कारोबार रकमसमेत गत साताको पहिलो दिनको तुलनामा कम हुन पुगेको छ ।

गत आइतबार ५० अंकले बढेको बजारमा रु एक अर्ब बढीको कारोबार भएको थियो । स्टकका अनुसार पाँच उपसमूहको शेयर बढेको छ भने समान पाँच उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा व्यापार ०.७६, होटल ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादन समूह ८.१८ बिन्दुले बढेको हो तर बैंकिङ ११.६, जलविद्युत् १.२३, वित्त समूह ५.८१, अन्य ८.७ र माइक्रोफाइनान्स समूह ४.०७ बिन्दुले ओरालो लागेको छ ।

 

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्