Logo
५ जेष्ठ २०८१, शनिबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

”दी होलो होटल” जहाँ मान्छेरु आफ्नो मृत्युको अनुभव गर्न जान्छन्

यस्तो होटल जँहा रात गुजार्नु भनेको वास्तवमै दुनियाँको सबैभन्दा निडर बन्नु हो । किनकि त्यहाँ रात गुजार्दा मात्र थाहा हुन्छ, आखिर डर केलाई भनिन्छ । यो होटल एकजना सिरियल किलरको कथाबाट प्रभावित भएर बनाइएको होटल हो ।

उक्त होटलमा बास बस्ने जोकोहीले यस्तो डरको सामना गर्नुपर्दछ कि उसले सायद त्यस्तो त्रास जीवनमा पहिलोपटक अनुभूत गरेको हुनसक्छ । यो होटल यस्ता मानिसहरुका लागि बनाइएको हो, जसलाई डरको सामना गर्दा मज्जा आउँछ । त्यसैले त्यहाँ जानेहरु दह्रो मुटु भएको हुनैपर्दछ ।

त्यस होटेललाई १९ औँ सताब्दीको सुरुवाततिर मात्रै होटलको स्वरुप दिइएको थियो । बाहिरबाट हेर्दा यो निकै आलिशान लाग्दछ । त्यस समय अमेरिकामा एकजना सिरियल किलर निकै चर्चित थियो र ऊसँगै जोडेर यो होटल तयार गरिएको थियो ।

त्यस सिरियल किलरले होटलमा गएर मानिसहरुको हत्या गर्दथ्यो । सन् १८९१ देखि १९४९ को बीचमा झण्डै २ सय जनाको हत्या होटलको कोठाभित्रै गरिएको थियो । सोही कारण त्यस समय मानिसहरु होटलमा बास बस्न पनि डराउन थालेका थिए ।

उक्त हत्याराको नाम एचएच होम्स हो । उसको कथावस्तुमा आधारित केही फिल्म पनि बनेका छन् । सोही अमेरिकी हत्याराको झल्को दिनेगरी बेलायतको लण्डनमा उक्त होटलको निर्माण गरिएको हो । होटलभित्र कतिपय ठाउँ यस्ता तयार गरिएको छ कि मानिसहरुलाई लाग्छ कसैले मेरो हत्या गर्दैछ । यो होटलको नाम दी होलो होटल रहेको छ ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्