Logo
६ जेष्ठ २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चट्याङ लागेर सुनसरी र मोरङमा १ को मृत्यु, ४ घाइते

विराटनगर : सुनसरी र मोरङमा शनिबार दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

सुनसरीको दुहवी–११ का १८ वर्षीय रोशनकुमार ऋषिदेव आफ्ना साथीसँग पिपलको रुखमुनि बसिरहेको समयमा चटयाङ परेपछि उनको घटनास्थलमै मृत्यु भएको १ नं– प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ ।

उनका साथी २५ वर्षीय मिठू मण्डल गम्भीर घाइते भएका छन् । उनको नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, विराटनगर–१४ को जतुवाकी रुक्मिणि यादव, उनकी छोरी १६ वर्षीया भुकली र छिमेकी २६ वर्षीया भुल्टेन यादव चटयाङबाट घाइते भएका छन् । उनीहरुको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्