Logo
१५ बैशाख २०८१, शनिबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामपन्थी मिडिया र बुद्धिजीवीले कांग्रेसबारे निकै भ्रम फैलाए : गगन थापा

चितवन, १४ वैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वामन्थी मिडिया र वुद्धिजिविहरूले कांग्रेस भ्रष्ट हाे भन्ने भ्रम समाजका फैलाएकाे बताएका छन् । नेता थापाले शुक्रबार चितवन कांग्रेसले भरतपुरमा अायाेजना गरेकाे कार्यक्रमम यही भ्रमका कारण नयाँ मतदाता कांग्रेस प्रति अाकर्षित नभएकाे बताए ।

सरकारमा गएकाे दलकाे जनताले काम र छवि हेर्ने बताए। तर सरकारमा जाँदा कांग्रेसकाे छवि मतदाता अाकर्षित गर्ने खालकाे पनि नभएकाे उनले बताए। यसमा २६/२७ वर्षदेखि याेजनावद्ध रूपमा कांग्रेस विराेधी शक्तिले गलत प्रचार गरेकाे उनले बताए। ‘४८ सालमा सबै कम्युनिष्ट दल मिल्दा पनि कांग्रेसकाे बहुमत अाउँथ्याे । त्याे बेला ३३ प्रतिशतकाे हाराहारीमा मत ल्याएका कम्युनिष्टहरू ५५ प्रतिशतसम्म पुग्याे,’ थापाले भने ।

‘६४ सालयता कम्युनिष्टहरू ३४ सय दिन र कांग्रेस २६ सय दिन सरकारमा बसेकाे छ । तर देश बिग्रेकाे कांग्रेसले गर्दा हाे भनेर जनताले साेच्छ। याे जनतामा परेकाे भ्रमले हाे। याेजनावद्ध दुषप्रचार भएकाे छ,’ नेता थापाले भने । गएकाे चुनावमा वामदलहरू मिलेर स्थयी सरकार बनाउँछाैं भन्दा जनताले नयाँ दल अाएझै ठान्नु पनि यही दुश्प्रचारका कारण भएकाे उनले बताए ।

‘हामीले यी भ्रम चिर्न सकेनाैं। हामीले मैदान छाड्दा कम्युनिष्टहरूले फाइदा लिए । हाम्रै वैचारिक जमिन र राजनीतिमा अहिले कम्युनिष्टहरू राजनीति गरेका छन् । उभिएका छन्,’ थापाले भने । सरकारकाे काम चुराेट, जुत्ता, सिमेन्ट बनाएर बस्न मिल्दैन भन्दै ५० सालपछि निजीकरण गर्दा कांग्रेसले उद्याेग बेच्याे भन्ने अाराेप लागेकाे उनले बताए ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्