Logo
६ जेष्ठ २०८१, आईतबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ सयको नयाँ नोट बजारमा, पूराना नोट पनि सबै चल्ने

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले ५ सय रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । आकार र रङ्ग पहिलाकै हुने तर दुईओटा बाघहरूको चित्रको सट्टामा एउटा मात्र पाटेबाघकोचित्र भएको उक्त दरको नयाँ नोट केन्द्रीय बैङ्कले बुधवारदेखि चलनचल्तीमा ल्याएको हो ।

नयाँ नोट आएपनि साविकका ५ सय दरका सम्पूर्ण नोटहरू यथावत रहने बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको भनाई छ । उनका अनुसार ङ-४६ ०००००१ देखि छ-४० ९९९९९९सम्मको सङ्केत नम्बर भएको सो दरको नोट बजारमा ल्याईएको छ ।

चलनचल्तीमा ल्याईएको नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तल्लो भागमा गभर्नर डा. चिरञ्जीवी नेपालको दस्तखत, तल्लो भागको बोर्डरमा नोटको क्रमबद्ध नम्बर नेपालीमा वि.सं २०७३ लेखिएको छ । यस्तै नोटको अग्र भागमै ३ दशमलव ५ मि.मी. चौडा भएको रङ्ग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने) सुरक्षण धागो रहेको छ ।

उक्त नोटमा सगरमाथा हिमालको दायाँतर्फको तल्लो भागमा रहेको अण्डाकार भित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहेको छ भने दृष्टिविहीनले छामेर थाहा पाउने गरी लालीगूराँसको पानी छापको बायाँतर्फ दुईओटा कालो थोप्लाहरू रहेका छन् ।

नयाँ नोटको पृष्ठ भागमा नोटको माथि पट्टि अङ्ग्रेजीको क्यापीटल लेटरमा नेपाल राष्ट्र बैङ्क लेखिएको छ भने बीच भागमा एउटा पाटेबाघको चित्र रहेको छ । नोटको तल्लो भागको बोर्डरमा अङ्ग्रेजीमा मिति उल्लेख गरेको छ ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्