Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाबालिग बलात्कार मुद्दामा आसाराम बापूलाई आजीवन कैदको सजाय

भारत स्थित जोधपुरको विशेष अदालतले नाबालिग बलात्कार अपराधमा आसाराम बापूलाई आजीवन कैदको सजाय सुनाएको छ । अदालतले बुधबार बलात्कारको मुद्दामा ७७ वर्षिय आसारामलाई दोषी ठहर गरेको थियो ।

१५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । आशाराम इन्दौरबाट पक्राउ परे । पुर्पक्षका लागि उनी अहिले पनि बन्दी जीवन बिताइरहेका छन् ।

आराराममाथि २०१३ मा आफ्नै आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । किशोरीका आमाबुबा आसारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए ।

त्यही आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेको आरोपमा उनी विरुद्ध मुद्धा चलाइएको थियो । बापु संगै शिल्पी र सरदारलाई २०-२० वर्ष जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्