Logo
२२ बैशाख २०८१, शनिबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : मुख्यमन्त्रीको ६१, सभामुखको ५८, मन्त्रीको ५७, राज्यमन्त्रीको ५६, र सांसदको ५५ हजार तलब

जनकपुरधाम, ११  वैशाख : प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ ।

आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक भ्रमणभत्ताबाहेक अन्य सेवा, सुविधा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको समान छ । मुख्यमन्त्रीलाई आवास सुविधा दिने र अन्य मन्त्रीलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था गरिएको छ ।

अतिथि सत्कार खर्च मुख्यमन्त्रीलाई मात्र (तीन हजार) छुट्याइएको छ । इन्धन मुख्यमन्त्रीलाई प्रतिमहिना तीन सय लिटर र अन्यलाई २ सय २५ लिटर उपलब्ध गराइनेछ । त्यस्तै, मोबिल प्रत्येक तीन महिनामा मुख्यमन्त्रीलाई दश लिटर र अन्य मन्त्रीलाई ५ लिटर, दैनिक भ्रमणभत्ता मुख्यमन्त्रीलाई तीन हजार र अन्य मन्त्रीलाई दुई हजार दिइनेछ ।

उनीहरूले विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकाबापत प्रतिमहिना तीन हजार, फर्निचर सुविधाबापत एकमुष्ठ ५० हजार, सवारीसाधन उपलब्ध गराउने, बिजुली, धाराबापत प्रतिमहिना दुई हजारको व्यवस्था विधेयकमा गरिएको छ ।

सभामुखलाई ५८ हजार
सभामुखको पारिश्रमिक ५८ हजार, उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५६ हजार ४ सय ९० र सांसदलाई ५५ हजार तोकिएको छ । सभामुखदेखि प्रदेश सभा सदस्यसम्मलाई बैठक भत्ता एक हजार, सञ्चार सुविधा तथा पत्रपत्रिकाका लागि प्रतिमहिना तीन हजार उपलब्ध गराउने उल्लेख छ ।

यस्तै, सभामुखलाई आवास सुविधा उपलब्ध गराउने तथा विपक्षी दलका नेतादेखि सदस्यसम्मलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था विधेयकमा गरिएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्